अस्पताल नजिकै भएको विस्फोटमा १९ जना मारिए

अस्पताल नजिकै भएको विस्फोटमा १९ जना मारिए

केन्द्रबिन्दु
0
Shares

कायरो,
इजिप्टको राजधानी कायरोमा सोमवार थुप्रै कारहरु आपसमा ठोकिएपछि भयानक विस्फोटन हुँदा कम्तिमा १९ जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ । आइतवार राति कायरोको मध्यभागमा रहेको एउटा सरकारी अस्पताल सामु भएको यस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

तर यो घटना कसैको आक्रमणबाट भएको भन्ने पुष्टि कतैबाट पनि भइनसकेको स्थानिय संचार माध्यमले जनाएका छन् । प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै प्रहरीले ट्राफिक नियम मिचेर अघि बढेको एउटा कारले अन्य तीनवटा कारलाई नराम्ररी ठोकाएपछि विस्फोट भएको जनाएको छ ।

घटना लगत्तै सुरक्षालाई मध्यनजर राख्दै वरपरका वासिन्दालाई अन्यत्र पठाइएको थियो । स्वास्थ्य मन्त्रालयले नजिकैको नेशनल क्यान्सर इन्सिटच्युटबाट पनि दर्जनौ बिरामीलाई अन्यत्र लगिएको पुष्टि गरेको छ ।

घाइते मध्ये अधिकांशको स्थिती चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने अस्पताल सुत्रले जनाएको छ । घटनास्थललाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान शुरु गरिसकेको छ ।
एजेन्सी

Logo