एजेन्सी । अब २१ वर्ष पुगेका साउदी युवतीहरूले स्वतन्त्र रूपमा विदेश यात्रा गर्न पाउने भएका छन् । शुक्रवार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमती नभएपनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने भएका हुन् ।
यो सँगै उनीहरूले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न सक्ने भएका हुन् । राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलाहरूलाई पुरुषसरह अधिकार दिइएको बताइएको छ ।
यस अघि साउदी अरेबियामा महिलाहरूले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने नियम थियो । आदेशपछि साउदी अरेबियामा महिलाहरूले जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खुलेको छ ।
साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरू समेत परिवर्तन गरिएको छ जसअनुसार लिङ्ग, अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकहरूसँग सुरक्षित रहेको बताइएको छ। युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा रहेका प्रतिबन्धहरूलाई फुकुवा गर्दै गएका छन् ।





























प्रतिक्रिया