प्रहरीको भेषमा आएका लुटेराले बन्धुक देखाएर लुटे साढे ७ सय किलो सुन

प्रहरीको भेषमा आएका लुटेराले बन्धुक देखाएर लुटे साढे ७ सय किलो सुन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ब्राजिलको एक एयरपोर्टबाट आठ जना बन्दुकधारीले सात सय ५० किलो सुन लुटेर लगेका छन् । उनीहरु प्रहरीको भेषमा एयरपोर्ट प्रवेश गरेको समाचारमा जनाइएको छ ।

दक्षिण अमेरिकाकै सबैभन्दा व्यस्त शहर साओ पाउलोमा रहेको गुआरुलहान्स इन्टरनेशनल एयरपोर्टबाट लुटेराहरुले सुन लुटेर लगेका हुन् । उनीहरुले बिहीबार एयरपोर्टबाट कार्गो गोदाममा रहेको सुन लुटेर लगेका थिए । उक्त सुनको मूल्य ४ अर्ब ५ करोड नेपाली रुपैयाँ हुन आउँछ ।

ती लुटेराहरुले सुरुमा एयरपोर्टको कार्गो गोदाममा खटिएका सुरक्षाकर्मीहरुलाई बन्धक बनाएका थिए । उनीहरुले दुई सुरक्षाकर्मीलाई १२ किलोमिटरसम्म सँगै लिएर गएका थिए । त्यसपछि सुन कारमा राखेर भाग्ने क्रममा सुरक्षाकर्मीलाई छाडिदिए । प्रहरीले सुन र लुटेरा समुहको खोजी गरिरहेको जनाएको छ ।
एजेन्सी

Skip This
Skip This
Logo