रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

केन्द्रबिन्दु
144
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन्। परिक्षणको चरणमा रहेको र उनीहरु सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ।

सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने पनि बताए। यद्यपि, उनले यो खोपले कुन विशेष प्रकारको क्यान्सर विरुद्ध काम गर्छ वा सबैमा काम गर्छ भन्ने स्पष्ट गरेनन्।

क्यान्सरको प्रभावकारी उपचार विगत केही दशकदेखि विश्वभर खोजी भइरहेको छ। अहिले जर्मनीको कम्पनी बायोटेक,अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनमा काम गरिरहेका छन्। तथापि, यी सबै एक विशेष प्रकारको क्यान्सरमा सीमित छन्।

यसैगरी, अमेरिकी राष्ट्रपति चुनावको सन्दर्भमा पुटिनले भने कि उनी डोनाल्ड ट्रम्पको सट्टा जो बाइडेनलाई फेरि राष्ट्रपति बनेको हेर्न चाहेको पनि बताएका छन्। उनले रुसको दृष्टिकोणबाट बाइडेन सत्तामा हुनु फाइदाजनक रहेको बताए।

Skip This
Skip This
Logo