बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रिपरिषद् गठन गरेका छन्।
प्रधानमन्त्री जोन्सनलेले भारतीय र पाकिस्तानी नेताहरुलाई मन्त्रीको जिम्मेवारी दिएका मन्त्रिपरिषद् गठन गरेका हुन् । नयाँ मन्त्रिपरिषद्मा भारतीय मुलकी प्रिती पटेल गृहमन्त्री बनेकी छिन् भने भारतीय मुलका आलोक शर्मालाई अन्तर्राष्ट्रिय विकास मन्त्री बनेका छन् ।
गृहमन्त्री पटेलको परिवार सन् १९६० को दशकमा भारतको गुजरातबाट युगान्डा गएको र त्यहाँबाट भागेर बेलायत पुगेको थियो । उनको जन्म भने लन्डनमै भएको हो । कन्जरभेटिभ पार्टीको सदस्य उनी यसअघि उनी थेरेसा मेको कार्यकालमा अन्तर्राष्ट्रिय विकास मन्त्री थिइन्। भने पहिलोपटक सन् २०१० मा ट्रेजरी मन्त्री बनेकी थिइन्। त्यस्तै उनी सन् २०१५ मा रोजगारमन्त्री बनेकी थिइन् ।
त्यस्तै पाकिस्तानी मुलका साजिद जाभिद अर्थमन्त्री बनेका छन्। उनका बाबु १७ वर्षको उमेरमा पाकिस्तानबाट कामको खोजीका बेलायत पुगेका थिए। सन् २०१८ मा उनी थेरेसा मेको कार्यकालमा गृहमन्त्री बनेका थिए।
मन्त्रीमण्डलमा डोमिनिक र्याब विदेशमन्त्री, स्टीफन बार्डे ब्रेक्जिटमन्त्री, बेन वालेस रक्षामन्त्री बनेका छन्। अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रस, स्वास्थ्य मन्त्री म्याट ह्यानकक, वातावरण मन्त्री थेरेसा भिलियर्स, शिक्षा मन्त्री ग्याभिन विलियम्सन, संस्कृति मन्त्री निकी मोर्गान, व्यापार मन्त्री एन्ड्रिया लिडसन, हाउजिङ मन्त्री रबर्ट जेनरिक बनेका छन्।
यस्तै, न्याय मन्त्री रबर्ट बकल्याण्ड, यातायात मन्त्री ग्रान्ट शाप्स, नर्दन आयरल्याण्ड मामिला मन्त्री जुलियन स्मिथ, स्कटिस मन्त्री अलिस्टर ज्याक, वेल्स मन्त्री अलुन कायन्र्स बनेका छन् भने कन्जरभेटिभ पार्टी प्रमुखमा जेम्स क्लेभर्ली भएका छन् । वर्क एण्ड पेन्सन मन्त्री भने एम्बर रुड बनेका छन् ।





























प्रतिक्रिया