वासिङटन,
लगभग १८ वर्षदेखि तालिबानसँग चलिरहेको युद्ध समाप्त गर्नका लागि सम्झौता गर्न तयार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो धारणामा परिवर्तन गर्दै अफगानिस्तानमा शान्ति वार्ता अगाडि बढाउनका लागि पाकिस्तानले गरेको सहयोगको प्रशंशा गरेका छन् ।
तर ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको भेटघाटको समयमा डोनाल्ड ट्रम्पले धम्की पनि दिएका थिए । उनले आफ्नो शक्तिको प्रयोग गरेर केही दिनमै संघर्ष अन्त्य गर्न सक्ने धम्की दिएका थिए । यस्तो गर्नाले अफगानिस्तान विश्वको मानचित्रबाट हट्ने भएकाले वार्ताबाटै समस्या समाधान गर्न आफु इच्छुक भएको उनले बताए ।
१९९० को दशकमा अफगानिस्तानमा तालिबान सत्तामा आएको समयमा पाकिस्ताननै उसको सबैभन्दा ठूलो समर्थक थियो । २००१ मा अमेरिका नेतृत्वको सेनाले अफगानिस्तानमा तालिबानको सत्ताच्यूत गरिदिएपछि यो समूह बिद्रोही गतिविधिमा लाग्यो । ट्रम्पले भने, “गत दुई साताको अवधिमा हामीले व्यापक प्रगती गरेका छौ । यो प्रगतीमा पाकिस्तानले हामीलाई सहयोग गरेको छ ।”
अमेरिकाको पहिलो आधिकारिक यात्रामा आएका इमरान खानसँगको भेटघाटको समयमा ट्रम्पले भने,“अमेरिकाका लागि धेरैनै भइरहेको छ । मलाई लागको छ कि तपाईको नेतृत्वमा पाकिस्तानका लागि पनि केही धेरै हुनेछ ।”
अफगानिस्तानमा सेप्टेम्बर महिनाको अन्त्यमा राष्ट्रपति पदका लागि चुनाव हुनु भन्दा पहिले अमेरिकाले तालिबानसँग राजनीतिक सम्झौता गर्नका लागि दबाब दिइरहेको थियो । यसले धेरै अमेरिकी सेना फिर्ता आउनका लागि बाटो स्पष्ट हुन्छ र अमेरिकाको सबैभन्दा लामो युद्ध समाप्त हुन्छ । वार्ताको पक्ष लिए बावजुद ट्रम्पले चेतावनी दिएका छन्,“यदी हामी अफगानिस्तानमा युद्ध लडेर जित्न चाहन्छौं भने एक साताको अवधिमा जित्न सक्छौं । तर यसका लागि १ करोड मानिसलाई मार्नुपर्ने हुन्छ । त्यो म चाहन्न ।”
एजेन्सी





























प्रतिक्रिया