गाजा युद्धविराममा संयुक्त राष्ट्रको मतदानपछि बाइडेन र नेतान्याहूबीच टकराव

गाजा युद्धविराममा संयुक्त राष्ट्रको मतदानपछि बाइडेन र नेतान्याहूबीच टकराव

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। पछिल्लो समय अमेरिकाका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको खटपट सतहमा आएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले इजरायल–हमास युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा तत्काल युद्धविरामको पक्षमा मतदान भएपछि अमेरिका र इजरायलको सम्बन्धमा केही चिसोपना आएको विदेशी संचारमाध्यमहरुले बतताएका छन्।

पटक पटक अमेरिकाले युद्धविरामको विषयमा मतदान गर्न खोज्दा भिटो प्रयोग गर्दै आएकोमा यस पटक भिटो प्रयोग गरेन। संयुक्त राष्ट्र संघको मतदानमा अमेरिका अनुपस्थित रह्यो भने अरु १४ सदस्यहरुले सुरक्षा परिषद्ले ल्याएको युद्धविरामको प्रस्तावको पक्षमा मतदान गरेको ‘द गार्जियन’ले जनाएको छ।

‘रमादान महिनाको लागि तत्काल युद्धविराम गर्ने र त्यसपछि लामो युद्धविरामका लागि प्रस्ताव गर्ने र त्यसलाई नै लामोसमयसम्म लगेर स्थायी शान्तिको पहल गर्ने’ प्रस्तावमा उल्लेख छ।

त्यसैगरी दुवैतर्फ बन्धक भएकाहरुलाई पनि रिहाइ गर्नुपर्ने उल्लेख गरिएको छ। उता, इजरायली प्रधानमन्त्री नेतान्याहुले मतदानमा अनुपस्थित भएर संयुक्त राष्ट्र संघमा अमेरिकाले आफ्नो नीति त्यागेको प्रतिक्रिया दिएका छन्। उनी अहिले पनि युद्धविरामको पक्षमा नरहेकाले यो प्रस्तावले लाभ नहुने बताए।

इजरायलका दुई मन्त्रीको अमेरिका भ्रमण पनि रद्ध भएको छ। नेतन्याहुको कार्यालयले दक्षिणी गाजा सहर रफाहमा इजरायली आक्रमणको योजनाबद्ध रूपमा छलफल गर्ने उद्देश्यले आफ्ना दुई मन्त्रीहरूको वाशिंगटन पठाउने तय गरे पनि संयुक्त राष्ट्र संघमा युद्धविरामको पक्षमा भएको मतदानमा अमेरिका अनुपस्थित भएपछि भ्रमण नै रद्द भएको हो।

इजरायली २ मन्त्रीको अमेरिका भ्रमण रद्द हुनुलाई वासिंग्टनले निराशा व्यक्त गरेको छ। त्यस्तै, संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले सुरक्षा परिषद्को मतदानलाई ‘मानवताको विजयको लागि भोट’ को संज्ञा दिएका छन्। उनले यसलाई एक टर्निङ प्वाइन्टको रुपमा लिनुपर्नेमा जोड पनि दिएका छन्। मतदानलाई हमासले स्वागत गर्दै इजरायलसँग तुरुन्त कैदी आदानप्रदानका लागि तयार रहेको पनि बताएको छ।

Logo