एजेन्सी । भारतको सर्वोच्च अदालतले आफ्नै फैसलालाई गलत सावित गरेको छ । ६ जनाको हत्या अभियोगमा जेल सजाय भोगिरहेका ६ जनालाई सर्वोच्चले आफ्नो पुरानो फैसला गलत भन्दै रिहा गरेको छ ।
अदालतले रिहा गरेका उनीहरु सबैजना त्यहि अभियोगमा १३ देखि १५ वर्षसम्म जेल सजाय काटिसकेका छन् । उनीहरु सबै जनालाई सर्वोच्चले मृत्युदण्डको सजाय तोकेको थियो । उनीहरुले सन् २००३ मा महाराष्ट्रको नासिकमा एक परिवारका पाँच सदस्यको हत्या गरेको अभियोग लागेको थियो ।
सन् २००६ जुनमा पुणेको जिल्ला अदालतले सबै ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस्तै मार्च २००७ मा मुम्बई उच्च अदालतले पनि दोषी ठहर गरेको थियो । तर जिल्ला अदालतको फैसलाईलाई उल्ट्याउँदै जन्मकैदको सजाय तोकेको थियो ।
अप्रिल २००९ मा सर्वोच्च अदालतले मुम्बई उच्च अदालतको फैसलालाई खारेज गर्दै सबैलाई फेरि मृत्यु दण्डको सजाय सुनाएको थियो । अक्टोबर २०१८ मा सर्वोच्चले आफ्नै फैसलाको विरुद्धमा पुनर्विचार गरेको थियो । मार्च २०१९ मा सर्वोच्चले आफ्नै फैसलालाई उल्ट्याउँदै सबै ६ जनालाई निर्दोष सावित गर्दै रिहा गरिदियो ।
उनीहरु शिन्दे नामको घुमन्ते आदिवासी जनजाती समुदायका हुन् । यो भारतको सबैभन्दा गरिब समुदायमध्ये एक हो । उनीहरु माटो खन्छन्, नालिहरु सफा गर्ने, फोहोर उठाउने, अरुको खेतमा काम गरेर जिन्दगी चलाउँदै आएका छन् । तीन अदालतका सात न्यायाधीशहरुले १३ वर्षको अवधीमा दोषी ठहर गरेका थिए ।
अन्तमा आएर उनी सातै जना न्यायाधीश गलत सावित भए । जब सर्वोच्चले आफ्नै फैसलालाई उल्टाउँदै सबैलाई रिहा गर्दा एक ऐतिहासिक फैसला भनिएको थियो । जुन भारत स्वतन्त्र भएपछि पहिलो पटक यस्तो भएको थियो । सर्वोच्चले मृत्युदण्डको सजाय सुनाइएकोमा पुरानो फैसला खारिज गरिदियो ।





























प्रतिक्रिया