नाइजेरिया।
नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी यहाँका ३०० भन्दा बढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जनाएको छ ।
यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी यहाँका ३३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरुले अपहरण गरी लगेको अनुमान गरिएको थियो ।
बोको हराम नामक यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरि लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको हो । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको हो । त्यस हमलामा परेर ३३३ जना विद्यार्थी अपहरित भएका थिए ।
सो राज्यका गभर्नर अमिनु मासारीले ती बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताए । उनले शुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कविहिन भएका बताएका हुन् ।
मासारीले अपहरणकारीहरुले स्वीकार गरिसकेको समाचार आएको पनि बुधबार जनाए । उनले ती अपहरणकारीहरु सरकारी खोजकर्ताहरुको सम्पर्कमा आएका र उनीहरुसँग बालबालिकालाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको बताए ।
बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयहरुमा आफूहरुले अपहरण गरेको भन्दै विद्यालयका ३३३ जना बालकालिका आफूहरुसँग रहेको बताएका छन् ।
सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुन सक्ने अनुमान गरिएकै बेला यो सन्देश आएको छ ।
हराएका बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गरेका छन् ।































प्रतिक्रिया