भारतीय सीईओको औसत तलब १३ करोडबढी, कोभिड अघिको तुलनामा ४० प्रतिशतले वृद्धि

भारतीय सीईओको औसत तलब १३ करोडबढी, कोभिड अघिको तुलनामा ४० प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । ‘डेलोइट इन्डिया एक्जिक्युटिभ पर्फमेन्स एण्ड रिवार्ड्स सर्वे २०२४’ ले भारतमा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सीईओ)को औसत तलब १३.८ करोड भारतीय रूपैयाँबढी रहेको देखाएको छ। उक्त सर्वेक्षणअनुसार प्रवर्द्धक परिवारका सीईओले औसतमा तलब १६.७ करोड भारतीय रूपैयाँ पाउने गरेका छन्।

भारतीय सीईओको तलब कोभिड अघिको तुलनामा ४० प्रतिशत बढीले वृद्धि भएको हो। डेलोइटको प्रतिवेदनले भारतीय सीईओको कुल पारिश्रमिकको आधाभन्दा बढी अल्पकालीन र दीर्घकालीन प्रोत्साहनसँग जोडिएको बताएको छ।

भारतका साझेदार र सीएचआरओ कार्यक्रममा बोल्दै भारतमा प्रोफेसनल सीईओभन्दा प्रवर्द्धक सीईओको पारिश्रमिक बढी हुने नेता आनन्दरूप घोषले बताए। ‘प्रमोटर सीईओहरूभन्दा पेशेवर सीईओहरू चाँडो परिवर्तन भइराख्छन्, प्रमोटर सीईओहरूको लागि क्षतिपूर्तिको दायरा धेरै फराकिलो छ, जसले गर्दापनि प्रमोटर सीईओको तलबबढी हुने गर्छ,’ उनले भने।

डेलोइटकाअनुसार समग्र सीईओको पारिश्रमिक बढेतापनि पारिश्रमिकको ५० प्रतिशतभन्दा बढी जोखिममा आधारित पारिश्रमिक हो। प्रवर्द्धक सीईओको तलबको ४७ प्रतिशत जोखिममा आधारित छभने व्यावसायीक सीईओको तलब ५७ प्रतिशत छ। -एजेन्सीको सहयोगमा

Skip This
Skip This
Logo