आवास सङ्कट समाधान गर्ने योजनामा क्यानडा

आवास सङ्कट समाधान गर्ने योजनामा क्यानडा

केन्द्रबिन्दु
56
Shares

ओटावा । क्यानडा सरकारले राष्ट्रिय आवास सङ्कट समाधान गर्न आफ्नो नयाँ दृष्टिकोणसहितको योजनाको घोषणा गरेको छ ।

यस योजनाले क्यानडा ‘मोर्टगेज एण्ड हाउजिङ कर्पोरेसन’को प्रक्षेपणमा सन् २०३१ सम्ममा ३८ लाख ७० घरहरू आवासका लागि तयार गर्ने महत्वाकाङ्क्षी रणनीति तय गरेको छ । यो योजनामा २० लाख नयाँ घर निर्माण गर्ने लक्ष्य समावेश छ ।

सरकारले सन् २०२३ र सन् २०२४ मा लिइएको उद्देश्य अनुप १२ लाख नयाँ घरहरू निर्माणमा सहयोग गर्ने र सन् २०३१ सम्ममा कम्तिमा आठ लाख थप घरहरू निर्माण गर्ने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ योजनाअनुसार आवासलाई किफायती बनाउने प्रतिबद्धता गरिएको छ । यसले कुनै पनि कडा परिश्रम गर्ने क्यानडालीले आफ्नो आम्दानीको ३० प्रतिशतभन्दा बढी आवास खर्चमा खर्च गर्नुपर्दैन । “कुनै पनि नागरिकले बस्नको लागि सुरक्षित ठाउँ छैन भन्ने चिन्ता गर्नुपर्ने अवस्था आउनु ठीक होइन,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यानडालीले नागरिकमा अहिले सबैभन्दा ठूलो तनाव आवासको रहेको र परिवारलाई बस्नको लागि राम्रो ठाउँ पाउन गाह्रो भइरहेको छ । घरहरू बनाउनको लागि धेरै उच्च लागत रहेको र परियोजनाहरू पूरा गर्न धेरै लामो समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

Logo