बन्ने भयो विश्वकै अग्लो क्लक टावरः ६ किलोमिटर टाढाबाट स्पष्ट देख्न सकिने ! [भिडियाे]

बन्ने भयो विश्वकै अग्लो क्लक टावरः ६ किलोमिटर टाढाबाट स्पष्ट देख्न सकिने ! [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

तपाईंले अहिलेसम्म दुबईको बुर्ज खलिफा, अमेरिकाको एम्पायर स्टेट बिल्डिङ र बेलायतको बिग बेन त पक्कै देख्नु भएको होला, प्रत्यक्ष न देखे पनि फोटो र भिडियोमा त पक्कै देख्नुभएको छ होला ।

यसैगरी अब तपाईं हामीले विश्वकै सबैभन्दा अग्लो क्लक टावर पनि देख्न पाउने भएका छौं । सुन्दै तिलस्मी जादु जस्तो लाग्ने यस्तो आश्चर्य लाग्ने काम साउदी अरबले गर्न लागेको हो । विश्वको सबैभन्दा अग्लो क्लक टावर, जसको उचाइ ४२५ मिटर अग्लो हुनेछ ।

गत हप्ता साउदी अरेबियाले एक कार्यक्रम गरेर यो परियोजनाको बारेमा जानकारी दिएको हो । जानकारी अनुसार उक्त क्लक टावर रहेको भवनको नाम एटरनिटास टावर राखिने छ । यो क्लक टावर सन् २०२७ मा विश्वका लागि खुला गरिने पनि साउदी अरेबियाले बताएको छ । यो टावर खुलेपछि साउदी अरबको इतिहासमा अर्को उपलब्धि थपिनेछ र यो विश्वको दोस्रो सबैभन्दा अग्लो भवन मरिना भन्दा २५ मिटर अग्लो हुनेछ । मरीनाको उचाई ४२५ मिटर रहेको छ ।

मिडिया रिपोर्टका अनुसार स्विस लक्जरी घडी निर्माता फ्रान्क मुलरले यो घडी निर्माण गर्नेछन् । यो टावर अमेरिकाको एम्पायर स्टेट बिल्डिङभन्दा ७० मिटर अग्लो हुनेछ । यसको उचाईका कारण यस टावरमा जडान गरिएको घडी ६ किलोमिटर टाढाबाट स्पष्ट देखिनेछ । यो घडीको लम्बाई ४० मिटर लामो र ३० मिटर चौडाई हुनेछ ।

Logo