मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनवेल्टको पार्कमा गोली चलेको छ। विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोली चल्दा ५ जना घाइते भएका छन् भने सो मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते हुनेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी रहेको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन्। गोली चल्दाको समय ग्रीनवेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

ग्रीनवेल्टका प्रहरी प्रमुख रिचर्ड बोबर्सले एक जना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थिर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्। घाइते पाँचै जनाकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न एक जनाको खोजी कार्य जारी रहेको पनि पत्रकार सम्मेलनमार्फत बोबर्सले बताए।

Logo