अमेरिकामा प्लास्टिक सर्जरी डाक्टरकै ४७ लाख रुपैयाँ तलब, अन्यको कति ?

अमेरिकामा प्लास्टिक सर्जरी डाक्टरकै ४७ लाख रुपैयाँ तलब, अन्यको कति ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । डाक्टरी पेशालाई उच्च सम्मानित र शिक्षित पेशेवरका रूपमा लिइन्छ । उनीहरूलाई आफ्नो कामको राम्रो पारिश्रमिक दिइन्छ । डाक्टरहरूको तलब स्थान, चिकित्सा विशेषता र अनुभवबाट विभिन्न कारकहरूमा निर्भर गर्दछ । मेडस्केप फिजिसियन कम्पेन्सेसन रिपोर्टका अनुसार अमेरिकी डाक्टरहरूको तलब औसत रूपमा बढ्दै गएको छ ।

नेपालबाट मेडिकल शिक्षा पढेर विदेशीने चिकित्सकको संख्या बढ्दै गएको अवस्था छ । पछिल्लो समय नर्समात्र नभई विशेषज्ञहरू पनि विदेशीन थालेका हुन् । चिकित्सकहरू पछिल्लो चार वर्षमा नेपालबाट ६ हजार बढी विदेशीएको नेपाल मेडिकल काउन्सिल तथ्याङ्कले देखाएको छ । जसमध्ये सबैभन्दा बढी चिकित्सकको रोजाइमा अमेरिका रहेको देखिन्छ ।

नेपालबाट मात्र नभई अहिले अन्य मुलुकबाट पनि चिकित्सकहरू अमेरिका गएर काम गर्न रुचाउँछन् । कारण हो, उच्च पारिश्रमिक । अमेरिकी एक चिकित्सकको औसत तलब नै ६ लाख रुपैयाँ बढी हुन्छ । यसले अमेरिकामा डाक्टर पेशामा कमाइको ठूलो सम्भावना रहेको देखाउँछ ।

अमेरिकामा एक मेडिकल डाक्टरको औसत तलब प्रतिवर्ष १३ लाख रुपैयाँ छ । यति मात्र नभई उनीहरूको लागि थप सेवा सुविधाहरू पनि छन् । उच्चतम भुक्तान गरिएको विशेषज्ञता प्लास्टिक सर्जरी, कार्डियोलोजी वा अर्थोपेडिक सर्जरी हो ।

कुन विशेषज्ञता भएका डाक्टरको कति हुन्छ पारिश्रमिक ?

अमेरिकाका अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको विज्ञता र क्षेत्र हेरेर तलब दिने गरेको पाइन्छ । अमेरिकामा प्लास्टिक सर्जरी सम्बन्धी डाक्टरको तलब एकदमै उच्च छ । उनीहरूको वार्षिक पारिश्रमिक ४७ लाख रुपैयाँ हुन्छ । यस्तै, अर्थोपेडिक्सको ४५ लाख, कार्डियोलोजीको ४० लाख, ओटोलारिनगोलोजी सम्बन्धी डाक्टरको ३८ लाख रुपैयाँ तलब हुन्छ । यसैगरी युरोलोजीको ३७, ग्यास्ट्रोएन्टेरोलजीको ३७ लाख र छाला विज्ञान सम्बन्धी डाक्टरको ३६ लाख रुपैयाँ वार्षिक पारिश्रमिक हुन्छ । रेडियोलोजीको ३५, नेत्र विज्ञानको ३४ र ओन्कोलोजी ३३ लाख रुपैयाँ वार्षिक पारिश्रमिक रहेको छ ।

अमेरिकामा हाल करिब ५० हजार बढी डाक्टरहरू अस्थायी रूपमा कार्यरत छन् । अमेरिकामा चिकित्सक कार्यबलको ५० प्रतिशत भन्दा बढी अस्पताल वा चिकित्सा समूहका लागि कर्मचारीको रूपमा काम गर्दछन् । एजेन्सीको सहयोगमा

Logo