इजरायलको मध्यस्थताका लागि उपयोगी भए हमास दोहामा नै रहन्छ: कतार

इजरायलको मध्यस्थताका लागि उपयोगी भए हमास दोहामा नै रहन्छ: कतार

केन्द्रबिन्दु
98
Shares

दोहा । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहे कतारमा नै रहने अनुमति दिने बताएको छ।

गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको मध्यस्थता प्रयासमा हमासको उपस्थिति लाभदायक रहेसम्म हमासको राजनीतिक नेतृत्व दोहामै रहने कतारले मङ्गलबार जनाएको हो।

विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले पत्रकार सम्मेलनमा भने,‘यो हमासको राजनीतिक नेतृत्व कतारमा रहनु मध्यस्थता प्रयासमा उपयोगी र सकारात्मक छ। हामीले सधैं भन्दै आएका छौँ, उनीहरूको उपस्थिति आवश्यक रहँदासम्म हमास प्रतिनिधि यहाँ रहनेछन्।’

Logo