पटनामा आगलागी: ६ को मृत्यु, कैयौँ घाईते

पटनामा आगलागी: ६ को मृत्यु, कैयौँ घाईते

केन्द्रबिन्दु
84
Shares

भारत । पटनाको एक रेलवे स्टेशन नजिकै रहेको होटलमा आज बिहान भएको भीषण आगलागीमा परी तीन महिलासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पटना रेलवे जंक्शन नजिकैको होटेलमा बिहान ११ बजेतिर आगलागी भएको ठाउँमा २० भन्दा बढी मानिस फसेका थिए। अहिले उद्धार कार्य सकिएको पटनाका एसपी चन्द्रप्रकाशले जानकारी दिएका छन्।

मृतकमा तीनजना महिला पनि छन्। साथै, आगोले जलेर गम्भीर घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

मृतक र गम्भिर घाईतेहरुको परिचय खुल्ने प्रयास भईरहेको र उनीहरुका परिवारलाई जानकारी गराउन प्रहरीले प्रयास गरिरहेको बताईएको छ।

आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लगाउन नसकिएको र फरेन्सिक विशेषज्ञहरू बोलाइएका छन्।

यसैबीच, जिल्ला मजिस्ट्रेट शिरसट कपिल अशोकले सबै होटेल र अन्य व्यावसायिक प्रतिष्ठानहरूको फायर अडिट गर्न आदेश दिइएका छन्।

विशेष गरी पटना जंक्शन नजिकैको जस्तै भीडभाड भएको इलाकामा अवस्थित व्यवसायिक केन्द्रहरुमा अग्नी नियन्त्रणको लागि कुनै पूर्व तयारी भएनभएको निरीक्षण गर्न उनले आदेश दिएका छन्

Logo