युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग

युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग गर्ने घोषणा गरेको छ। यसअन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ। जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ।

प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम पनि समावेश गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनीहरुको सहयोगले युक्रेनलाई रुसको हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ। युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शनिबार युक्रेनलाई सैन्य सहयोग गर्ने घोषणा गरेका हुन्। यो सहयोग युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (युएसएआई) अन्तर्गत दिइएको हो, जसको सहयोगमा युक्रेनले अमेरिकी कम्पनीहरुबाट नयाँ हतियार प्राप्त गर्नेछ। पेन्टागनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अस्टिनले यो अहिलेसम्मकै ठूलो सैन्य सहायता भएको र युक्रेनलाई छिट्टै हतियार आपूर्ति गरिने पनि बताए।

यो सैन्य सहायता अन्तर्गत युक्रेनले अमेरिकाबाट एन्टी–ड्रोन प्रणाली, आधुनिक हतियार र हावाबाट जमिनमा मार हान्ने हतियार पाउनेछ। विगत दुई वर्षमा युक्रेनलाई ७० मध्यमदेखि लामो दूरीको हवाई प्रतिरक्षा प्रणाली, हजारौं क्षेप्यास्त्र, तीन हजार बख्तरबन्द गाडीका साथै ८०० ट्याङ्क र १० हजार ट्याङ्क विरोधी मिसाइलहरू दिएको अमेरिकी रक्षामन्त्री अस्टिनले बताए।

अमेरिकाले युक्रेनलाई ६० अर्ब डलरको सहायता प्याकेज घोषणा गरेको थियो। यो ६ अर्ब डलरको सैन्य सहायता पनि त्यही प्याकेज अन्तर्गत रहेको पेन्टागनले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको सैन्य सहयोगमा खुसी व्यक्त गर्दै रुससँगको लडाईका लागि अझै धेरै वायु रक्षा प्रणाली आवश्यक पने बताए।

Skip This
Skip This
Logo