रूसले ऊर्जा बजारमा हुने कुनै पनि प्रतिबन्धको जवाफ दिने क्रेमलिनको चेतावनी

रूसले ऊर्जा बजारमा हुने कुनै पनि प्रतिबन्धको जवाफ दिने क्रेमलिनको चेतावनी

केन्द्रबिन्दु
70
Shares

मस्को । रूसले देशको ऊर्जा क्षेत्रमा थोपरिएको कुनै पनि सम्भावित ‘अवैध अवरोध’ र ‘अनुचित प्रतिस्पर्धा’लाई पार गर्ने उपायको खोजी गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन् ।

युरोपेली सङ्घले खाना पकाउ रूसी लिक्विफाइड नेचुरल ग्याँस परियोजनाविरुद्ध नयाँ प्रतिबन्ध लगाउन सक्ने र तेस्रो मुलुकमा रुसी आपूर्ति पुनः निर्यात गर्न इयूका बन्दरगाह प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने बताइएको छ ।

“रूसलाई वैश्विक ऊर्जा बजारबाट बाहिर निकाल्ने प्रयासहरू जारी छन् यसले युरोपेली औद्योगिक क्षेत्रहरूमा उपभोक्ताहरूको लागि उच्च लागत निम्त्याउने छ,” पेस्कोभले भने ।

उनले भने, “महँगा बजारहरूमा जानु मुख्यतया संयुक्त राज्य अमेरिका र अन्य सीमित देशहरूका लागि फाइदाजनक छ ।” -एएफपी

Logo