राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन संवाद

राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन संवाद

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ।

आइतबार भएको वार्तामा गाजामा मानवीय सहायता बढाउनका लागि छलफल भएको ह्वाइटहाउसले जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार इजरायल उत्तरी गाजामा मानवीय सहायताका लागि कर्नी र इरेज क्रसिङका ढोकाहरू खोल्न तयार छ। गाजामा खाद्य असुरक्षा बढ्दै गएकाले सहायताको निरन्तर प्रवाह सुनिश्चित गर्न थप क्रसिङहरू खोल्नु महत्त्वपूर्ण मानिन्छ।

दुई नेताहरूले रफाहमा हमास विरुद्ध सम्भावित इजरायली कारबाहीबारे छलफल गरेका थिए। बाइडेनले गाजाको दक्षिणी सहरमा इजरायली कारबाहीलाई समर्थन नगर्ने पनि बताएका छन्।

बाइडेनले अमेरिका गाजालाई सहायता उपलब्ध गराउने आफ्नो अडानमा अडिग रहेको र तेल अभिभले यस सम्बन्धमा आफ्नो प्रयासलाई अझ बढाउनुपर्ने बताए। दुवै नेताले गाजामा तत्काल युद्धविरामका लागि चलिरहेको वार्ताका साथै बन्धकहरूको रिहाइको पनि समीक्षा गरेको जनाइएको छ।

यस्तै, अमेरिकी विश्वविद्यालयहरूमा पछिल्लो समय प्यालेस्टाइनको समर्थनमा प्रदर्शन चर्किएको छ। प्यालेस्टाइन समर्थक प्रदर्शनमा पक्राउ परेका विद्यार्थीको संख्या ७ सय नाघेको छ।

Logo