इजरायल र हमासबीच युद्धविराम हुनसक्ने

इजरायल र हमासबीच युद्धविराम हुनसक्ने

केन्द्रबिन्दु
56
Shares

इजरायल र हमासबीच युद्धविराम हुनसक्ने सम्भावना भएको बताइएको छ।

६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना भएको बताइएको छ।

हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ। एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ।

यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ। इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ।

अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन्। ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए। यहाँ उनले हमास र प्यालेस्टाइनको विषयमा कुरा गरे।

समाचार एजेन्सी एएफपीले एक अधिकारीलाई उद्धृत गर्दै इजरायलले कुनै समस्या सिर्जना नगरेसम्म इजिप्टको प्रस्तावमा हमासलाई कुनै खास समस्या नरहेको बताएको छ।

हमासको प्रतिनिधिमण्डलले कायरोमा इजिप्ट र कतारी मध्यस्थकर्ताहरूसमक्ष हमासको प्रस्तावको प्रतिक्रिया प्रस्तुत गर्ने बताइएको छ।

इजिप्ट, कतार र अमेरिका मिलेर हमास र इजरायलबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन्। उक्त प्रस्तावमाथि छलफल गर्न तीन देशले शुक्रबार अप्रिल २६ मा इजरायलमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएका थिए। अब दुई देशबीच युद्धविरामको विषयमा कायरोमा वार्ता हुनेछ।

Logo