पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

केन्द्रबिन्दु
18
Shares

भारत । भारतको उत्तराखण्ड सरकारले पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ।

उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै लाइसेन्स खारेज गरेको हो।

लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वसरी प्रवाही, स्वसरी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडम, बिपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिवाेग्रिट, आईग्रिट गोल्ड र पतञ्जली दृष्टि आइ ड्रप रहेका छन्।

उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई दिएको लिखित बयानमा यस्तो जवाफ दिएको हो।

रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि ड्रग्स तथा म्याजिक रेमेडिज उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ।

Skip This
Skip This
Logo