एसियाली कम्पनीहरूकाे प्राथमिकतामा ‘डिजिटल रूपान्तरण’

एसियाली कम्पनीहरूकाे प्राथमिकतामा ‘डिजिटल रूपान्तरण’

केन्द्रबिन्दु
56
Shares

एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणका अवसरहरू खोज्न र डिजिटल विकासलाई एसियाली कम्पनीहरूले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता जनाएका छन् । चिनियाँ प्रविधि कम्पनी हुवावे र आसियान फाउन्डेसनको आयोजनामा बैङ्ककमा एशिया प्रशान्त क्षेत्रीय डिजिटल तथा बौद्धिकता सम्मेलन–२०२४ आयोजना गरिएको हो ।

सोमबारदेखि सुरू भएको दुई दिने उक्त सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका १५ देश र सार्वजनिक तथा निजी क्षेत्रका दूई हजारभन्दा बढी सहभागीहरूलाई अग्रणी डिजिटल तथा वौद्धिकता पूर्वाधारको प्रयोगका लागि जोड दिइएको छ ।

भिडियो सन्देशमार्फत् आफ्नो उद्घाटन समारोहमा बोर्डका उपाध्यक्ष र हुवावेका प्रमुख वित्तीय अधिकारी मेङ वान्झाउले भने, “एशिया–प्रशान्त अन्य क्षेत्रहरूका लागि डिजिटल प्रेरणा र आफ्नो डिजिटल अर्थतन्त्रको विकास गर्न खोजिरहेको र तिनीहरूका लागि रोल मोडेल बनेको छ ।”

अनुसन्धान र विकासमा लगानी गर्न हुवाव उत्सुक रहेको र ग्राहकहरूको लागि उपयोगी सिर्जना गर्न र एशिया–प्रशान्त क्षेत्रका मानिसहरूलाई डिजिटल र बौद्धिक प्रविधिहरूका फाइदाहरू पुर्याउन साझेदारहरूसँग खुला रूपमा सहकार्य गनतर्र्फ आफ्नो ध्यान जारी राख्ने मेङले बताए ।

उक्त अवसरमा बोल्दै थाई डिजिटल अर्थतन्त्र र समाजका मन्त्री प्रसर्ट जन्तरारु आङटोङले भने, “थाइल्यान्डले राष्ट्रिय विकासका लागि आवश्यक नीति बनाई डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइरहेको छ । यसले डिजिटल अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक बनाउनको लागि प्रमुख चालकको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।” -सिन्ह्वा

Logo