भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक (नतिजासहित)

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक (नतिजासहित)

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतीय लोकसभा चुनावको मतगणना औपचारिक रुपमा सकिएको छ । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिटमा जित हासिल गरेको छ ।

भाजपाले सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी भएको हो । भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले भने ३५२ सिट हाँसिल गरेको आयोगले जनाएको छ ।

एनडीए गठबन्धनमा रहेका अन्य दलहरुमध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु) ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिटमा जित निकालेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो ८ सिट बढी हो । काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके) ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन् ।

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके) ले एक एक सिटमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

Skip This
Skip This
Logo