इरानी निर्देशक मोहम्मदलाई आठ वर्षको जेल सजाय

इरानी निर्देशक मोहम्मदलाई आठ वर्षको जेल सजाय

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । असन्तुष्ट इरानी निर्देशक मोहम्मद रसूलोफलाई इरानी अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ। जेल सजायसँगै उनलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा मार्न पनि आदेश दिएको छ।

रसूलोफका वकिल बाबाक पकनियाले बुधबार एक्स(ट्वीटर)मा एक पोस्ट लेख्दै अदालतको आदेशबारे जानकारी दिएका छन्। पकनियाका अनुसार अदालतको फैसला इस्लामिक रिवोल्यूशन कोर्टको २९औँ शाखाद्वारा जारी गरिएको थियो र आइना कोर्ट अफ अपिल्सको ३६ शाखाले यसको पुष्टि गरेको थियो।

पकनियाले अदालतले रसूलोफको सार्वजनिक अभिव्यक्ति, उनका फिल्म र वृत्तचित्रले देशको सुरक्षाविरुद्ध अपराध गर्ने उद्देश्य अनुरुप रहेको कारण जनाउँदै अदालतले आदेश दिएको बताए।

रसूलोफलाई सजाय ‘कान फिल्म फेस्टिभल’ अगाडि नै सुनाइएको हो। यो फेस्टिभलमा उनको नयाँ फिचर फिल्म ‘सीड अफ द सेक्रेड फिग ट्री’को विश्व प्रिमियरका लागि तयारी गरिएको थियो। फेस्टिभल आयोजक इरानी अधिकारीले निर्देशकलाई फेस्टिभलका लागि फ्रान्सको यात्रा गर्ने अनुमति दिने आश्वस्त भइरहँदा अदालतले यो सजाय सुनाएको हो।

रसूलोफ ईरानी फिल्म उद्योगमा तेहरानका कट्टर शासनको सबैभन्दा कडा आलोचकमध्ये एक हुन्। उनलाई सन् २०२२ जुलाईमा लोकप्रिय विरोध प्रदर्शनको सम्बन्धमा सुरक्षाबलसँग संयम अपनाउने माग गर्ने एक निवेदनमा हस्ताक्षर गरिएको आरोपमा पक्राउ गरिएको थियो।

२०२३ को फेब्रुअरीमा उनलाई स्वास्थ्य अवस्थाका कारण अस्थायी रुपले रिहा गरिएको थियो। सोही समयदेखि उनी घरमै नजरबन्द थिए। गत वर्ष ‘कान्स’मा उनलाई आफ्नो अन सर्टेन रिगार्ड जुरीमा काम गर्नका लागि निमन्त्रणा गरिएको थियो। तर, उनलाई इरान सरकारले त्यहाँ जान अनुमति दिएन।

Skip This
Logo