भारत,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा नाम अगाडि राखिएको चौकिदार शब्द हटाएका छन् । मोदी आफैँले ट्वीटर गरेर चौकिदार शब्द हटाएको जानकारी दिएका हुन् ।
मोदीले चौकीदार शब्द आफ्नो ट्वीटर नामबाट हटेको तर सधैं सो शब्द आफूभित्र महत्वपूर्ण अंगका रुपमा रहिरहने भन्दै अन्य सबैलाई पनि यस्तै गर्न आग्रह गरेका छन् ।
मोदीले ट्वीटरमा चौकिदार शब्दलाई आफ्नो अभिन्न अंगको रुपमा व्याख्या गरेका छन् । मत गणना भईरहेको लोकसभा चुनावमा उनले नामको अगाडि प्रयोग गरेको चौकिदार शब्दले निकै छाएको थियो । प्रतिपक्षीहरूले देशलाई प्रधानमन्त्री चाहिएको तर्क गरेका थिए।
अहिले मत गणना चलिरहेको लोकसभा चुनावमा भारतिय जनता पार्टी (भाजपा) बम्पर जितका लागि बढिरहेको छ । अहिलेसम्म एनडीए गठबन्धन ३४९ सीटमा अगाडि छ ।
एजेन्सी































प्रतिक्रिया