उत्तरी म्यान्मामा चार लाखभन्दा बढी उत्तेजक ट्याब्लेट बरामद

उत्तरी म्यान्मामा चार लाखभन्दा बढी उत्तेजक ट्याब्लेट बरामद

केन्द्रबिन्दु
70
Shares

याङ्गुन । म्यान्माका अधिकारीहरूले उत्तरी म्यान्माको काचिन राज्यमा चार लाख ५४ हजार एक सय उत्तेजक ट्याब्लेट बरामद गरेको केन्द्रीय कमिटी फर ड्रग एब्युज कन्ट्रोल (सिसिडिएसी)ले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ ।

सूचनाका आधारमा लागुऔषध विरुद्धको प्रहरीले गत मे ६ मा काचिन प्रदेशको मोहनिन नगरपालिकामा एउटा गाडीलाई रोकेर लागुऔषध र तीनवटा मोबाइल बरामद गरेको थियो ।

बरामद लागूऔषधको मूल्य ५८ करोड १० लाख क्याट्स (करिब तीन लाख २४ हजार दुई सय ८५ अमेरिकी डलर) रहेको छ । यस मुद्दामा तीन संदिग्धलाई पक्राउ गरिएको सिसिडिएसीले बताएको छ । उनीहरूलाई मुलुकको लागूऔषध र साइकोट्रोपिक पदार्थ कानूनअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको छ । -सिन्ह्वा

Skip This
Logo