खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

केन्द्रबिन्दु
126
Shares

किएभ । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै तैनाथ सेनालाई फिर्ता गरेको छ ।

“लुक्यान्त्सी र भोभचान्स्क वरपरका केही क्षेत्रमा शत्रुको गोलाबारी र स्थल सैनिकको आक्रमणको जवाफमा र हाम्रा सैनिकहरूको ज्यान बचाउन तथा क्षतिबाट बच्नका लागि हाम्रो एकाइहरूले चालबाजी गरेका छन् थप लाभदायक स्थानहरूमा गएका छन्”, युक्रेनी सेनाले मङ्गलबार र बुधबारबीचको राति घोषणा गरेको छ । -एएपपी

Logo