पाकिस्तानी मुद्रा एशियाको सबैभन्दा कमजोर मुद्रा बनेको दाबी गरिएको छ । आर्थित समाचार पोर्टल ब्लूमबर्गले पछिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा धेरै गिरावट आएकाले एशियाको १३ मुख्य मुद्रामध्ये सबैभन्दा कमजोर बनेको जनाएको हो ।
पाकिस्तानी रुपैयाँ मे महिनामा २९ प्रतिशतको गिरावट आएको छ । शुक्रबार पाकिस्तानी रुपैयाँ आएको गिरावटका कारण शेयर बजारमा ८०० अंकले गिरावट आएको थियो । यो पछिल्लो डेढ दशकको सबैभन्दा ठूलो गिरावट हो । यसका साथै अन्तर वैंक बजार पनि उथलपुथल भएको छ र डलरको तुलनामा पाकिस्तानी रुपैयाँ १४९ रुपैयाँसम्म गिरावट आएको छ ।
पाकिस्तानको तुलनामा अफगानिस्तान, बंगलादेश र नेपालको मुद्रा स्थिर रहेको छ । एक डलरको तुलनामा आफगानिस्तानी मुद्राको मूल्य ७९, भारतीय रुपैयाँ ७०, बंगलादेशको टका ८४ र नेपाली रुपैयाँ ११२ रहेको छ ।





























प्रतिक्रिया