ध्यान सकेर गुफाबाट बाहिर निस्किए भारतीय प्रधानमन्त्री मोदी

ध्यान सकेर गुफाबाट बाहिर निस्किए भारतीय प्रधानमन्त्री मोदी

केन्द्रबिन्दु
0
Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गुफामा ध्यान गरिसकेपछि आज विहानै गुफाबाट बाहिर निस्किएका छन् । गुफामा ध्यान सकेर निस्किएका मोदी विहानै केदारनाथ मन्दिर पनि गएका छन् । मन्दिरमा पूजा गरिसकेपछि मात्र उनी आफ्ना समर्थक तथा साथीभाईहरुसँग मिलेका थिए ।

भारतीय सञ्चारमाध्यामका अनुसार केदारनाथबाट केहि बेरमै बद्रीनाथका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । केदारनाथमा पूजा गरिसकेपछि मोदीले भने आध्यात्मिक चेतनामा ध्यान गरेर बस्न पाउनु नै ठूलो सौभाग्य हो । उनी अब बद्रीनाथ गएर पूजा गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि मात्र उनी दिल्ली फर्किने भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

केदारनाथमा भारतीय प्रधानमन्त्री मोदी आध्यात्मिक चिन्तनमा लीन भएको खबर बिभिन्न मासञ्चारमाध्यामले जनाएका छन् । उनले केदारनाथमा रुद्राभिषेक गरेर ध्यान, साधनाका लागि गुफा छिरेका थिए ।

आज उनको क्षेत्रमा मतदान चलिरहेको छ । उनी त्यहि क्षेत्रबाट दोश्रो पटक चुनावी मैदानमा छन् ।

Logo