नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

केन्द्रबिन्दु
70
Shares

लस एन्जलस । अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।

नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान तयारी समीक्षा बोर्डले एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको छ । समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यान केन्द्रित गर्दै सम्भावित खतराहरूको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ ।

यो विमान नासाको ‘क्वेस्ट मिशन’को केन्द्रमा रहेको छ र यसलाई हवाई यात्रामा व्यापक सुधारसहित तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्नेछ । यसले आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताको लागि मार्ग प्रशस्त गर्नेछ । -सिन्ह्वा

Logo