भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु

भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन्।

अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिसहरु बेपत्ता भएको बीबीसीले जनाएको छ।

बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको जनाइएको छ। गत हप्तामात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो।

अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ। अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन्।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना रहेको भन्दै सजग गराएको छ।

Logo