काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ।
खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ।
जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरुको टोली खटिएको छ।
हेलिकप्टरमा सवारहरुको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन। ‘टर्कीबाट खटाइएको ड्रोनले जलेको ठाउँको पहिचान गर्यो त्यसको जानकारी इरानी अधिकारीसमक्ष समन्वय गरेको छ,’ अनादोलुले उल्लेख गरेको छ।
आइतबार खराब मौषमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो।































प्रतिक्रिया