ट्रम्पको राष्ट्रपतिको अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै

ट्रम्पको राष्ट्रपतिको अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ। मुख्य प्रतिस्पर्धा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच छ।

यसैबीच, अदालतले ट्रम्पविरुद्ध चलिरहेको गोप्य पैसा भुक्तानी मुद्दामा अर्को हप्ता आफ्नो फैसला दिन सक्ने चर्चा चलेको छ।

यसले राष्ट्रपति चुनावमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ। ट्रम्पले २०१६ को चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई चुप राख्न ठूलो रकम तिरेका थिए। यो लुकाउन उनले व्यापारिक अभिलेख नक्कली राखेका थिए। पछिला दिनहरुमा ट्रम्प चुनावी प्रचार भन्दापनि अदालतमा बढी रहेका छन्। यस्तो अवस्थामा अदालतको निर्णयले ट्रम्पलाई कस्तो असर पार्न सक्छ भन्ने जान्न जरुरी छ।

अदालतले ट्रम्पलाई दोषी ठहर गर्‍यो भने उनको राष्ट्रपतीय क्याम्पेनलाई असर पर्ने देखिएको छ। गत अप्रिलमा गरिएको सर्वेक्षण अनुसार चारमध्ये एक जना रिपब्लिकनले ट्रम्प दोषी पाइएमा उनलाई भोट नगर्ने बताएका छन्। उही समयमा ६० प्रतिशत स्वतन्त्र मतदाताले ट्रम्प दोषी ठहरिए भने, उनीहरूले उनलाई कुनै पनि हालतमा मतदान गर्ने छैनन्। रिपब्लिकन कन्सल्टेन्ट ट्रिसिया म्याकलाफ्लिनले दोषी फैसलाले ट्रम्पलाई मनोवैज्ञानिक असर पार्ने बताएकी छन्।

यदि अदालतले ट्रम्पलाई रिहा गरेमा ट्रम्पको लागि ठूलो जीत हुनेछ। किनभने ट्रम्पले सधैं यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्छन्। यसको एउटै उद्देश्य आफुलाई राष्ट्रपति पदमा दाबी गर्नबाट रोक्नु भएको उनले बताउदै आएका छन्।

कानुनी विज्ञहरू भन्छन्, ट्रम्पको मुद्दा हेरिरहेका १२ न्यायाधीशहरूले सर्वसम्मत फैसलामा नपुगेको खण्डमा नतिजा के आउछ भन्ने स्पष्ट छैन।

Skip This
Skip This
Logo