अमेरिकाले जहाज चोरेको उत्तर कोरियाको आरोप

अमेरिकाले जहाज चोरेको उत्तर कोरियाको आरोप

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले अमेरिकामाथि पानीजहाज चोरेको आरोप लगाउँदै तत्काल फिर्ता गर्न माग गरेको छ। वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको पानीबाट कब्जामा लिइएको बताइएको छ।

गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लङ्घन गरेको दाबी गरेको थियो।

उत्तर कोरियाले यो कदम सन् २०१८ मा डोनल्ड ट्रम्प र किम जङ-अनबीच भएको सहमतिको मर्मविपरीत भएको जनाएको छ।उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशलाई “अधिकतम दबाव” दिएर आत्मसमर्पण गराउने प्रयास गरेको आरोप लगाएको छ।

बल प्रयोग गरेर उत्तर कोरियलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने अमेरिकाले ठानेको भए त्यो “ठूलो गल्ती” हुने उत्तर कोरियाली विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

उत्तर कोरियाका नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच गत फेब्रुअरी महिनामा भियतनाममा भेट भएको थियो ।

Skip This
Skip This
Logo