एजेन्सी । भारतको उत्तर प्रदेशको हापुडमा एक सामूहिक बलात्कारको सिकार भएकी महिलाले आगो लगाएर आत्महत्याको प्रयास गरेकी छन् । सामूहिक बलात्कारको सिकार भएकी महिलाले कतैबाट पनि न्याय नपाएपछि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेकी हुन् ।
ति पीडित महिलाले यूपीको हापुड पुलिसमा सामूहिक बलात्कारको गुनासो लिएर पटक-पटक जाँदा पनि रिर्पोट दर्ता गरिएन् । जसका कारण उनी दिन-प्रतिदित पीडित बन्दै गइन्।
प्रहरीको गैर जिम्मेवारी प्रतिकृया देखेर उनले २८ अप्रिलमा आत्महत्या गर्ने कोशिश गरेकी थिइन्, जसका कारण उनको शरिर ८० प्रतिशत जलेको थियो। हापुड अस्पतालले उनलाई दिल्लीको अस्पतालमा रिफर गरेको थियो।
उनले दिल्लीमा दिल्ली महिला आयोग (डिसीडब्ल्यू) सँग न्यायको अपिल गरेकी छन् । उनको रिर्पोट दर्ता नभएपछि, आत्महत्याको कोशिस समेत गरेकी छिन्। जसका कारण डिसीडब्ल्यूले यूपीका मुख्य मन्त्री योगी आदित्यनाथलाई पत्र लेखेको छ।
पीडित महिलाले आयोगलाई बताए अनुसार ती महिलाका श्रीमानको सडक दुर्घटनामा मृत्यु भएको थियो । उनको श्रीमानको मृत्युपछि पीडित पिता र काकीले उनलाई हापुडमा एक जना व्यक्तिलाई १० हजार रुपैयाँमा बेचेका थिए ।





























प्रतिक्रिया