इटालीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीको कोष पुनर्स्थापित गर्ने

इटालीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीको कोष पुनर्स्थापित गर्ने

केन्द्रबिन्दु
70
Shares

रोम (इटाली) । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शनिबार प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफासँगको भेटपछि रोमले प्यालेस्टिनी शरणार्थीहरूको सहयोगका लागि संयुक्त राष्ट्र एजेन्सीको कोष पुनर्स्थापित गर्ने घोषणा गरेका छन् ।

इटालीले आतङ्कवादलाई कडा नियन्त्रणमा राख्नुपर्ने शर्तका साथ प्यालेस्टिनी शरणार्थीको सहयोगार्थ विशेष परियोजनाहरूको वित्तपोषण पुनःसुचारु गर्ने निर्णय गरेको छ ।

ताजानीले प्रधानमन्त्री मुस्तफालाई इटाली सरकारले प्यालेस्टिनी जनसङ्ख्याका लागि कुल पैतिस मिलियन यूरोको नयाँ कोष व्यवस्था गरेको जानकारी दिए । “तीमध्ये पाँच मिलियन यूरो युएनआरडब्लुएलाई छुट्याइनेछ भने बाँकी तीस मिलियन यूरो संयुक्त राष्ट्र सहायता एजेन्सीसँग समन्वय गरेर इटालीको “गाजाका लागि खाना” परियोजनाका लागि छुट्याइएको छ”, उनले एक विज्ञप्तिमार्फत भने ।

संयुक्त राष्ट्र सङ्घको एजेन्सी युएनआरडब्लुएले लगभग सबै गाजा सहायताको समन्वय गर्दछ । इजरायलले आफ्ना तेह्र हजार गाजा कर्मचारीमध्ये करिब एक दर्जनलाई हमास आक्रमणमा संलग्न भएको आरोप लगाएपछि युएनआरडब्लुए जनवरीदेखि नै संकटमा परेको हो ।

इजरायलले शीर्ष दाता संयुक्त राज्य अमेरिकासहित गाजामा सहायता पुर्याउने धेरै राष्ट्रको प्रयासलाई रोक्ने धम्की दियो र युएनआरडब्लुए कोष अचानक निलम्बन गर्न बाध्य तुल्यायो । यद्यपि धेरैले सहायता पुनःसुरु गरेका छन् । सन् १९४९ मा स्थापना भएको एजेन्सीले प्यालेस्टिनी क्षेत्र, जोर्डन, लेबनान र सिरियामा करिब तीस हजार मानिसलाई रोजगारी दिएको छ ।

Skip This
Logo