गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी ज्यान गुमाउने ४० पुगे

गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी ज्यान गुमाउने ४० पुगे

केन्द्रबिन्दु
42
Shares

राफाह, प्यालेष्टिनी क्षेत्र । प्यालेष्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको गाजाको नागरिक सुरक्षा निकायले सोमबार जनाएको छ ।

नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भने, “दक्षिणी गाजा पट्टीको राफाह शहरको उत्तरपश्चिममा रहेको शरणार्थी टेन्टमा इजरायली सेनाले गरेको अन्धाधुन्ध हवाइ फायरका कारण ४० जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।”

“हवाई आक्रमणपछि शिविरमा बस्दै आएका दर्जनौँ व्यक्तिको शरीर क्षतविक्षत र मृत अवस्थामा देखिएको साथै उल्लेख्य सङ्ख्यामा घाइते बालबालिका, महिला र वृद्धवृद्धा शिविरमा त्रसित अवस्थामा भेटिएका छन्,” उनले भने ।

उनले उद्धारकार्यमा ठूलो चुनौती आएको बताए ।

अल–मुघैरले भने, “शिविरमा ईन्धनको अभाव छ । शिविरमा जाने सडकहरू ध्वस्त भएका छन् । यसले यी लक्षित क्षेत्रहरूमा नागरिक सुरक्षा वाहनहरूको आवागमनमा बाधा पु-याएको छ ।” -एएफपी

Logo