काठमाडौं । हलिउडका प्रख्यात निर्माता हार्वे विनस्टीन प्रायः निजी कारणले चर्चामा आउँछन्। पछिल्लो दशकमा हलिउडमा गर्माएको ‘मी टू अभियान’को मुख्य शिकार यिनै निर्माता बनेका छन्।
उनीमाथि ८० भन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए। उनीमाथि हालै मेनहटनको अदालतमा थप दुई महिलाले यौन उत्पीडनको मुद्धा दायर भएका छन्।
हार्वे वर्तमान समयमा यौन उत्पीडनको मामलामा जेल सजाय बिताइरहेका छन्। मेनहटनका सहायक जिल्ला अटर्नी निकोल ब्लमबर्गले अदालतका एक न्यायाधीशलाई नयाँ पीडितको दावीको मूल्यांकन गरिरहेको बताएका छन्। निकोलले हार्वेमाथि अर्को नयाँ अभियोग लाग्ने सक्ने सम्भावना बढेको जनाएका छन्।
हार्वे बिहीबार मेनहट्टन कोर्ट हाउसमा उपस्थित थिए। यो त्यही कोर्ट हाउस हो, जहाँ गुप्त धनको मामलामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतको निर्णयको पर्खाइमा छन्।
हार्वेमाथि दुई महिलाहरु मिमी हेली र जेसिका मानले बलात्कारको आरोप लगाएका थिए। जसकारण उनलाई फस्ट डिग्री यौन उत्पीडन र थर्ड डिग्री बलात्कारमा दोषी ठहराइएको थियो। अब नयाँ मामलाको सुनुवाई यही कोर्टमा हुनेछ।
हार्वे मी टू अभियानपछि चर्चामा छन्। उनी सन् २०२२ मा यौन उत्पीडनको मामलामा दोषी ठहरिएका थिए र उनलाई न्यायाधिसले १६ वर्षको जेल सजाय सुनाएका थिए। यद्यपि हार्वेका वकिलले सजाय घटाउन माग गरेका थिए।































प्रतिक्रिया