ब्राजिलका पूर्व राष्ट्रपतिद्वारा प्रहरी समक्ष आत्मसमर्पण

ब्राजिलका पूर्व राष्ट्रपतिद्वारा प्रहरी समक्ष आत्मसमर्पण

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भ्रष्टाचारको अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन्। टेमेअरले शासनमा रहँदा घुस लिएको, भ्रष्टाचार गरेको र आपराधिक संगठनलाई सहयोग गरेको लगायतको आरोप लगाइएको छ।

गत मार्चमा चारदिन हिरासतमा रहेका उनी जमानतमा रिहा भएका थिए। तर बुधवार अदालतले पुनः जेल चलान गर्न आदेश दिएपछि टेमेअरले आत्मसमर्पण गरेका हुन् ।

हाल उनलाई साओ पाउलोमा रहेको संघीय प्रहरीको हिरासतमा राखिएको छ। टेमेअरले भने आफूविरुद्ध लगाइएका सबै आरोपहरुको खण्डन गर्दै आइरहेका छन्। आत्मसमर्पण गरेपनि उनले अदालतको निर्णय विरुद्ध माथिल्लो अदालतमा रिट दायर गर्ने बताएका छन्।

Logo