मेक्सिको,
मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको बताएका छन् ।
अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गएको आइतबार सम्पर्क विहीन भएको बताएका थिए । उनीहरुले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।
विधि चिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए । उनले ज्यान गुमाएका व्यक्ति मध्ये सात जनाकोे शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अन्य छ जनाको शरीर टुक्राटुक्रा भएको जानकारी दिए ।
एजेन्सी





























प्रतिक्रिया