पपुवा न्युगिनीमा ७.२ रेक्टरको शक्तिशाली भूकम्प

पपुवा न्युगिनीमा ७.२ रेक्टरको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

वासिङटन

पपुवा न्युगिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । उसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ ।

यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्युगिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो ।
एजेन्सी

Logo