भारतमा एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक मोदी सरकार

भारतमा एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक मोदी सरकार

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । भारतमा भएको १८औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो । पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ। निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै २ सय ४० सिटमा जित हासिल गरेको छ।

यस्तै,  एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ। काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७  सिट, तृणमूल काङ्ग्रेस २९ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, शिवसेना (उद्धव ठाकरे) ९  सिट, एनसीपी (सपा) ले ८ सिट, तेलेगु देशमले, १६ सिट, राष्ट्रिय जनता दल, युवराजन श्रमिका रिथु कांग्रेस र कम्युनिष्ट पार्टी अफ इन्डियाले समान ४–४ सिटमा जित हासलि गरेका छन्। 

वनारसबाट चुनाव जितेका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत साथ तेस्रो पटक प्रधानमन्त्रीको पद सुरक्षित गरेका छन् । मोदीले सन् २०१४ देखि २०१९ सम्म पहिलो  र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका  छन् । यो निर्वाचनले मोदीलाई जवाहरलाल नेहरुपछि भारतामा तीन कार्यकाल प्रधानमन्त्री चलाउने दोस्रो नेताको रुपमा स्थापित गरेको छ। त्यसको सुनिश्चितता भाजपाका अध्यक्ष जेपी नड्डाले यो निर्वाचनमा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका भन्दै थपे, ‘नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ।’

कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाल्दा उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा ६४ सिट जितेको भाजपाले ०२४ को चुनावमा २१ सिट गुमाएको छ। अहिले भाजपाले त्यहाँ ३३ सिट ल्याउँदा समाजवादी पार्टीले यहाँ ३७ सिटमा जित निकालेको छ । सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए।

Logo