एजेन्सी । बेलायती राजकुमार ह्यारी पिता बनेका छन् । गएको वर्ष अमेरिकी अभिनेत्री मेगन मर्केलसँग विवाह गरेका ह्यारी छोराको पिता बनेका हुन् ।
डचेज अफ सकेक्स अर्थात ह्यारीकी श्रीमती मेगनले सोमबार बिहान ५ बजेर २६ मिनेट जाँदा छोरा जन्माएकी हुन् । ड्युक अफ ससेक्सले आमा र नवजात सन्तानको स्वास्थ्य राम्रो रहेको बताएका छन् ।

नवजात शिशुको नाम भने सार्वजनिक गरिएको छैन । आफूहरु अझै पनि नामबारे सोचिरहेको राजकुमार ह्यारीले बताएका छन् । मेगनले ३.२ किलोग्राम तौल भएको सन्तान जन्माएको र जन्मेका बेला राजकुमार ह्यारी उपस्थित थिए । राजगद्दिका लागि नवजात शिशु सातौँ स्थानमा छ । छैटौँ स्थानमा ह्यारी रहेका छन् ।

ह्यारीले छोरा जन्मिएपछि बोल्ने क्रममा केही समय ढिला गरि जन्मिएको जानकारी दिएका छन् । अबको दुई दिनमा विशेष कार्यक्रमका बिच केही घोषणा हुने र सबैले आफ्नो परिवारको नयाँ सदस्यलाई देख्न पाउने ह्यारीले बताएका छन् ।
ह्यारीले सन्तानको जन्मले आफू चन्द्रमामा पुगेको महसुस गरेको प्रतिक्रिया दिएका छन् । पनातिको जन्मको खबरले महारानी एलिजाबेथसहित सम्पूर्ण राजपरिवार उत्साहित भएको जनाइएको छ ।





























प्रतिक्रिया