मस्को
रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन् ।
रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ । ७८ जना यात्रुहरू रहेको जेट विमानबाट केही मानिसहरु निस्किएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । उक्त विमान आपत्कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको छ ।
चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
एजेन्सी































प्रतिक्रिया