इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा

इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ। सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरे भने इजिप्ट, इरान, इराक, कतार र लेबनानमा पनि हिंसात्मक प्रदर्शनहरू भएका छन्।

प्रदर्शनकारीहरुले अमेरिकी राष्ट्रपति बाइडेनको समेत विरोध गरेका छन्। गाजामा हमासविरुद्ध इजरायलको आक्रमणमा सहयोग पुर्याएको भन्दै उनीहरुले अमेरिकी सरकार र राष्ट्रपति बाइडेनको विरोध गरेका थिए। उनीहरूले ‘बालबालिकामा बम बिष्फोट गर्नु आत्मरक्षा होइन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।

इजरायलविरुद्ध निस्किएका विरोध र्यालीहरुमा सयौँ मानव अधिकारवादी र सर्वसाधारणको संलग्नता रहेको छ। सो घटनालाई लिएर संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई पनि मानवअधिकार उल्लंघनको आरोपमा कालोसूचीमा राखेको छ।

युद्धग्रस्त गाजा क्षेत्रमा बालबालिकाविरोधी कार्य भएको र गम्भीर मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्र संघले यस्तो कारबाही गरेको जनाएको छ। इजरायल पहिलोपटक यस्तो कारबाहीमा परेको हो। यसअघि रुस, अफगानिस्तान, इराक, म्यानमार, सोमालिया, यमन, सिरिया, आतंकवादी संगठन आइएस, अलकायदा र बोको हराम राष्ट्रसंघको कालोसूचीमा छन्।

Logo