तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौको मृत्यु

तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौको मृत्यु

केन्द्रबिन्दु
434
Shares

काठमाडौं । तीर्थयात्री सवार बसमा आतंकवादीले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिला सहित नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन्।

भारतको जम्मू कश्मीरको रियासी जिल्लामा आइतबार साँझ उत्तर प्रदेश र दिल्लीबाट तीर्थयात्रीहरू बोकेर गुडिरहेको बस आक्रमणपछि गहिरो खाडलमा खसेको थियो। बसमा रहेका तीन महिलासहित नौं जनाको मृत्यु भएको र ३३ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएकका छन्।

पोनी क्षेत्रको तेर्याथ गाउँ नजिकै कटरास्थित् शिव खोरी मन्दिरबाट माता वैष्णो देवी मन्दिर जाँदै गरेको बसमा आतंककारीले गोली हानेका थिए। ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाडलमा खसेको थियो।

Logo