मसूद अजहर अन्तर्राष्ट्रिय आतंकवादी घोषित

मसूद अजहर अन्तर्राष्ट्रिय आतंकवादी घोषित

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघले पाकिस्तानी चरमपन्थी समूह जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई आतंकवादी घोषित गरेको छ । संयुक्त राष्ट्रसंघले मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषित गरिएको पुष्टि गरेको हो ।

साना–ठूला सबै देशको समर्थनमा मसूद अजहरलाई संयुक्त राष्ट्रसंघको प्रतिबन्धित सूचिमा राखिएको राष्ट्रसंघका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । चीनको साथ नहुँदा संयुक्त राष्ट्रसंघमा यो प्रस्ताव धेरैपटक खारेज भएको थियो ।

यसअघि पनि फ्रान्स, अमेरिका, बेलायतसहितका देश यो प्रस्तावको पक्षमा थिए । भारतले अमेरिका, बेलायतसहित संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका स्थायी तथा अस्थायी सदस्य राष्ट्रलाई धन्यबाद दिएको छ ।

पाकिस्तानले भने राष्ट्रसंघको प्रतिबन्ध समितिको राजनीतिक प्रयोगका सम्बन्धमा प्रश्न उठाएको छ ।

Logo