भारतमा माओवादी आक्रमणमा १६ जना प्रहरीको मृत्यु

भारतमा माओवादी आक्रमणमा १६ जना प्रहरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली

महाराष्ट्रको गढचिरौलीमा विद्रोही माओवादीको आक्रमणमा परी १६ जना प्रहरीको मृत्यु भएको छ । भारतीय प्रहरीका अनुसार विस्फोट हुनुभन्दा पहिला सो क्षेत्रमा २५ वटा भन्दा बढी गाडी जलाइएको थियो । मृतक प्रहरीहरु गाडी जलाइएको स्थान निरीक्षण गर्न गइरहेका थिए ।

महाराष्ट्रमा गढचिरौली सबैभन्दा बढी माओवादीको प्रभाव क्षेत्र मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह लगायतले घटनाको निंदा गर्दै ट्विट गरेका छन् ।

माओवादीको गुरिल्ला रणनीतिसँग जुध्न सो क्षेत्रमा विशेष फौजको निर्माण गरिएको थियो । जसमा स्थानीय आदिवासीहरुलाई पनि संलग्न गरिएको थियो । सो फौजलाई सी ६० फोर्सको नामले पनि चिनिन्छ । आक्रमणमा १५० भन्दा बढी नक्सलाइड संलग्न रहेको अनुमान गरिएको छ ।
एजेन्सी

Logo