भेनेजुयलामा जब विपक्षी प्रदर्शनकारीमाथि सरकारले बख्तरबन्द गाडी कुदायो

भेनेजुयलामा जब विपक्षी प्रदर्शनकारीमाथि सरकारले बख्तरबन्द गाडी कुदायो

केन्द्रबिन्दु
0
Shares

भेनेजुयला । भेनेजुयला सरकारले विपक्षी प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदाएको छ । निकोलास मुदेरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदाएको हो । पछिल्लो समय चरम आर्थिक संकट झेलिरहेको भेनेजुयलामा दिनदिनै सरकारविरोधी प्रदर्शन भईरहेको छ ।

विपक्षी दलका नेता एवम भेनेजुयलाका स्वघोषित राष्ट्रपति जुआन गुएदोले मंगलबार भेनेजुयलाका नागरिकहरूलाई सरकारका विरूद्ध उत्रन आग्रह गर्दै एक भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि भेनेजुयलामा जुआन समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीमाथि मुदेरो समर्थक सेनाका बख्तरबन्द गाडी गुडाइएको भिडियो सार्वजनिक भएको छ । गुएदोले विद्रोहका लागि अपिल गरेको भिडियोमा भेनेजुयलाको राजधानी काराकसमा स्थित हवाई सैन्यको आधार क्षेत्रमा उनी समर्थित कयौं सैनिकसहित देखिएका छन्। सो भिडियो सार्वजनिक भएलगत्तै गुएदो र मदुरोका सैन्य समर्थकहरूबिच झडप भएको छ।

यसैगरी भनेजुयलाका संचारमन्त्री जोर्ज रोड्रिगेजले ट्वीटरमा गुएदोको यस हर्कतलाई ‘कु’को संज्ञा दिदैं सरकारले सानोसानो संख्यामा रहेका देश्द्रोहीहरूलाई निस्क्रिय पारिरहेको दाबी गरेका छन्।

Skip This
Skip This
Logo