काठमाडौं । जापानमा नरुहितो नयाँ राजा बनेका छन् । उनले गएरातिदेखि नै औपचारिक रुपमा सिंहासन सम्हालेका छन् । सम्राट अकिहितोले मंगलबार पद त्यागेका थिए । सन् १९८९ मा गद्दी आरोहण गरेका अकिहितोले ३० वर्षपछि गद्दी त्याग गरेका थिए । आफू वृद्ध भएको र अस्वस्थ भएको भन्दै अकिहितो गद्दी त्यागेपछि उनका छोरा नरुहितो जापानको नयाँ राजा बनेका हुन् ।

वीरताको प्रतिक मानिएको इम्पिरियलको च्याम्बरमा एक तलवार दिईएको थियो । त्यस्तै उनलाई जापानको शाही खजाना पनि दिइएको छ । यसलाई सामान्य तर गहन सांकेतिक अर्थ राख्ने विधि मानिन्छ । नरुहितो नयाँ राजा बनेपछि जापानमा ‘रेवा’ अर्थात् ‘नयाँ युग’ सुरु भएको बताइन्छ ।

नयाँ राजा पाएको खुसियालीमा जापानमा २२ अक्टुबरसम्म बिभिन्न समारोह आयोजना भईरहनेछ । ५९ वर्षीय नरुहितो सामु आफ्नो परम्पराको बीच शाही परिवारलाई आधुनिक बनाउने र समकालीन जापानमा आफ्नो प्रासंगिकता कायम राख्ने र बुवा अकिहितोको विरासत जोगाउने चुनौती छ ।

सिंहासन सम्हाले कार्यक्रममा नरुहितोका श्रीमती र छोरी अनुपस्थित थिए । जापानमा राजासँग कुनै प्रकारको राजनीति शक्ति हुदैन् । तर राजालाई एक राष्ट्रिय प्रतिकको रुपमा लिने गरिन्छ । जापानी राजघरानको करिब २ सय वर्षको ईतिहासमा अकिहितो पहिलो राजा हुन्, जसले आफ्नो इच्छा अनुसार राजगद्दी छोडें ।

२०१६ मा सम्राट अकिहितोले राष्ट्रको नाममा सम्बोधन गर्दै राजगद्दी त्याग्ने ईच्छा जाहेर गरेका थिए । त्यसको एक वर्षपछि २०१७ मा जापानको संसदले विशेष प्रकारको कानून बनाएर राजगद्दी छोड्ने बाटो खोलिएको थियो । जापानमा राजाको मृत्यु भएपछिमात्र अर्को राजा बन्न पाउने कानूनी व्यवस्था छ ।































प्रतिक्रिया